सरकारले दियो क्रिसमस डेमा सार्वजनिक विदा « Khabarhub

सरकारले दियो क्रिसमस डेमा सार्वजनिक विदा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक विदा दिइएको जानकारी दिए ।

बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र रोडी गाउँपालिकाको नाममा जिल्लासभा रुपन्देहीको जग्गा हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ३० बजे

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ– समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा

अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका

महाकालीमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत

काठमाडाैँ- नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

काठमाडौँ – कतामार जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को

समानुपातिकतर्फको सिट बाँडफाँट हुँदै

काठमाडाैँ-  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य