अछाममा ३ हजार ८६३ मतदाता थपिए « Khabarhub

अछाममा ३ हजार ८६३ मतदाता थपिए


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७–२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूले जानकारी दिए ।

दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन् । हालसम्म अछाममा एक हजार ९२९ जना महिला र एक हजार ९३४ जना गरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको छ भने ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सूचना अधिकारी थारूले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको