यू १९ एसिया कप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित « Khabarhub

यू १९ एसिया कप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रान्तिक नबिलको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपाललाई १५४ रनले पराजित गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमै समेटियो ।

नेपालका गुल्शन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए । यस्तै विवेक यादवले २६ रनको योगदान दिए ।

बंगलादेशका तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहरुब र नैमुर रहमानले समान २–२ विकेट लिए ।

यशअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो ।

यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए

नेपालका गुलशन झा, तिलक राज भण्डारी र मोहमद आदील आलमले १–१ विकेट लिए ।

नेपाली टिम

देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी
मुख्य प्रशिक्षक वसन्त शाही

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ५० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित