टीएमजे क्षेत्रमा हिमपात « Khabarhub

टीएमजे क्षेत्रमा हिमपात


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुम र संखुवासभा जिल्लाको सीमावर्ती उच्च लेकाली क्षेत्रको तिनजुरे, चौकी, गुफापोखरी क्षेत्रमा हिउँ परेको छ । शुक्रबार दिउँसो परेको हिमपातका कारण पशुचौपया र मानव जनजीवन प्रभावित भएको छ ।

पानीसँगै परको हिउँका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको स्थानीय छिरिङ सेर्पाले बताए । हिउँ परेका कारण सडकसमेत अवरुद्ध बनेको छ ।

जाडोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या बनेको छ । हिउँले यतिबेला टीएमजे क्षेत्र ढाकेर सेताम्य बनेको छ । हिउँ परेका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधनबीच बाटोमै थन्किएका छन् । यस क्षेत्रमा पाल्दै आएका चौरी, गाईभैँसी र भेडाबाख्रा चरनमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

हिउँ परेका कारण बजार क्षेत्रमा चहलपहल कम भएको टुटे देउरालीका श्री कार्कीले बताए । ‘पानीसँगै हिउँ परेको कारण जाडो अत्यधिक बढेको छ । जाडोका कारण पशुचौपया र मानिसलाई कष्ट बनेको छ, उनले भने । खासगरी यो क्षेत्र पर्यटकको लागि हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजन आकर्षक बन्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ९ : २४ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड