मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा | Khabarhub Khabarhub

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवा शुरुवात गरेको छ । बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै डिजिटल बैंकिङ सुविधालाई अझ उत्कृष्ट बनाउन यो प्रणाली भित्र्याएको जनाएको छ ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबसाइटको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ । ‘डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोवाइल भौचर लगायतका सुविधा समेत थप गरेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै समान रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार अब एभौचर प्रयोग गरी मोबाइलबाटै भौचर भर्न सकिनेछ भने एसएमएसमा कोड पठाएर क्यास पनि तत्कालै भुक्तानी दिन तथा लिन सकिनेछ ।

इ–बैंकिङ प्रमुख विश्व सिंहका अनुसार अब मोबाइलबाटै बैंकका कर्मचारीलाई भेट्न समय लिन सकिने तथा क्युआर कोडका माध्यमबाट नगद निकाल्न पनि सकिनेछ ।

‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याइसकेको छ ।

पुराना प्रयोगकर्ताहरुले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एपस्टोर वा प्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : १६ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो