शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम | Khabarhub Khabarhub

शनिदेवको उपासना गर्दा भुलेर पनि गर्न नहुने यी ५ काम


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ ।

तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका कालो सामग्री चढाएर पुजा गरिन्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुने व्यक्तिले शनिवार शनिदेवको पूजागर्नु पर्दछ । साथै केहि बर्जित कार्यहरु गर्नु हुदैन ।

१. शनिवारका दिन शनिको उपासना गर्ने ब्यक्तिले मांसाहार भोजन गर्न बर्जित छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा शनिको नकारात्मक प्रभाव पर्ने मान्यता छ ।

२. शनिको उपासना गर्ने कर्ताले मदिरा, धुम्रपानलगायतका नशालु पर्दाथको सेवन गर्नु हुदैन । शनिक्रुर ग्रह भएकाले यस प्रकारको भोजन गर्दा ब्यक्तिमा नकारात्मक असर पर्दछ ।

३. उपासकले शनिवार मुसुरोको दालको पनि सेवन गर्नु हुदैन । मुसुरो रातो रंगको हुने र रातो रंग मंगल ग्रहको प्रतिक भएकाले शनिसंग टकराव पर्न जाने मान्यता छ ।

४. पुजाकर्ताले शनिवार दूध पनि सेवन गर्नु हुदैन । शनि र शुक्र एक अर्काका विरोधी हुन् । दूधको सेतो रंग हुने र यो शुक्रको प्रतिकहो । जसका कारण शनिवार दूधको सेवनले मानिसमा काम इच्छा जागृत हुन्छ ।

५. शनिवार अचार वा अमिलो चिज पनि खानवर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ४५ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा