नवग्रहलाई खुसी पार्न यसरी गर्नुहोस शंखको प्रयोग | Khabarhub Khabarhub

नवग्रहलाई खुसी पार्न यसरी गर्नुहोस शंखको प्रयोग


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक शास्त्र एवम् ज्योतिषशास्त्रमा शंखलाई अत्यन्त महत्वपुर्ण मानिएको छ । पौराणिक कथाका अनुसार अमृत प्राप्तिकालागी समुन्द्र मंथनका समयमा प्राप्त भएका १४ रत्नमध्ये शंख समेत रहेको थियो ।

शंख कुबेरको प्रतीक मानिन्छ । साथै देवी लक्ष्मी र भगवान विष्णुको प्रिय मानिन्छ । यसलाई घरमा राखेमा सुखसमृद्धि आउने विश्वास गरीन्छ । शंखलाई अलग अलग तरीकाले प्रयोग गर्दा ग्रह समेत प्रसन्न हुने गर्दछन् । ग्रहको अशुभ प्रभावबाट बच्न बार अनुसार शंखको प्रयोग गरे ग्रह अनुकूल बन्दछ ।

ज्योतिषमा सूर्य लाई मान सम्मानको कारक मानिएको छ । यदि कसैको कुण्डलीमा सूर्य कमजोर भएमा उसको सम्मानमा ठेस पुग्न सक्छ । साथै पिताको सम्बन्धमा समेत दरार आउन सक्छ । सूर्यको स्थिति अनुकूल बनाउन आइतबार शंखमा जल भरेर सूर्य देवलाई अर्घ्य दिनु पर्दछ ।

सोमबारलाई भगवान शिव र चन्द्र ग्रहको बारको रुपमा मानिन्छ । दूधलाई चन्द्रको द्रव्य मानिन्छ । तसर्थ चन्द्र अनुकूल बनाउन सोमबार शंखमा दूध भरेर शिवजीलाई अर्पण गरेमा शिव प्रसन्न हुने र चन्द्रमा मजबूत हुने विश्वास रहेको छ ।

मंगलबार मंगल ग्रहको बारको रुपमा मानिन्छ । मंगल साहस र पराक्रमको कारक हो । तसर्थ मंगल अनुकूल बनाउन मंगलबार शंख बजाएर सुन्दरकाण्डको पाठ गरेमा मंगलको अशुभ स्थितिको कुप्रभावबाट बच्न सकिने मान्यता छ ।

बुध ग्रह बुद्धि र वाकपटुता अर्थात वाणिको कारक मानिन्छ । साथै बुधबार बुध ग्रहको बारको रुपमा मानिन्छ । तसर्थ बुधबार शंखमा जल र तुलसी हालेर शालिग्रामको अभिषेक गरे बुध ग्रहको दुष्प्रभाव नष्ट हुने मान्यता छ ।

बिहिबार शंखमा केसरको टिका लगाएर भगवान विष्णुको पुजा गर्नु पर्दछ । यसले बृहस्पती ग्रहको शुभ फल प्राप्त गर्न र भगवान विष्णु र बृहस्पतीको कृपा पाउन सकिन्छ ।

शुक्रबार शुक्र ग्रहको बारको रुपमा मानिन्छ । यो ग्रह धन, वैभव र भौतिक सुख सुविधाको कारक मानिन्छ । शुक्रलाई मजबूत गर्न शंखलाई सेतो रंगको कपडामा राख्नु पर्दछ । यसले शुक्र ग्रह बलवान हुन्छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : २० बजे

मलयालम सुपरस्टार मोहनलाललाई दादासाहेब फाल्के पुरस्कार प्रदान गरिने

काठमाडौं– भारतीय सिनेमा क्षेत्रका चर्चित अभिनेता मोहनलाललाई भारतको सर्वोच्च फिल्म

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन

सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस्

काठमाडौं– गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा

काठमाडौं – फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव

काठमाडौं– डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान