प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा.मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए ।

विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइ दिएका थिए । मूलसहित चारै जना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १२ : १५ बजे

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली