योगिनी अन्तर क्लब भलिबल प्रतियोगिता माघ २२–२४ मा « Khabarhub

योगिनी अन्तर क्लब भलिबल प्रतियोगिता माघ २२–२४ मा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्नेछ ।

क्लबका अध्यक्ष तरिन्द्र थापा र सोप्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भयो ।

प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने  ध्येयले  प्रतियोगिता आयोजना गर्न लागेको  मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार सहित  ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ  ।

यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : ०१ बजे

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय