प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनको आपत्ति, माफी माग्न माग « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनको आपत्ति, माफी माग्न माग


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्माले दिएको अभिव्यक्तिको विषयमा नेपाल बार एसोसिएसनले खेद प्रकट गरेको छ ।

एसोसिएसनले प्रधानमन्त्री ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै आपत्ति र खेद प्रकट गरेको हो ।

‘राज्यको प्रमुख निकाय कार्यपालिका प्रमुख प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले मिति २०७७ माघ ९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनी दिनुभएको अभिव्यक्ति संविधान, कानून र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।

बारका महासचिव लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले तत्काल माफी माग्नसमेत माग गरिएको छ ।

उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलना जन्य कार्य समेत हो,’ विज्ञप्तिमा भनिएको छ ।

बारले प्रधानमन्त्रीले यस्ता किसिमका अभिव्यक्ति नदोहोर्‍याउन समेत चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ३८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको