फुटसल ‘ए’ डिभिजन लिग पोखरामा हुने « Khabarhub

फुटसल ‘ए’ डिभिजन लिग पोखरामा हुने


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष कास्कीको पोखरामा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो ।

एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

लिगका लागि प्रदेश नं १ को छनोट खेल आगामी चैत १ देखि ५ गतेसम्म इटहरीमा, प्रदेश नं २ को छनोट खेल चैत ८ देखि १२ गतेसम्म हेटौँडामा, वाग्मती प्रदेशको छनोट खेल चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा तथा गण्डकी प्रदेशको छनोट खेल २०७८ साल वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ ।

लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला सङ्घमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आबद्ध क्लबले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । सो लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन ।एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : २६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ