विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४९ हजार ४९१ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १८ लाख ७५ हजार ५६४ छ । यसमध्ये ९१ हजार ८५६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : १६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी