इंग्ल्यान्डविरूद्धको पहिलो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन « Khabarhub

इंग्ल्यान्डविरूद्धको पहिलो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लाण्डविरूद्धको तेस्रो टेष्ट क्रिकेटमा घरेलु टिम भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।

चार टेष्ट सिरिज खेल्न भारत भ्रमणमा रहेको पाहुना टोली इंग्लाण्ड तेस्रो टेष्टको पहिलो इनिङ्समा ११२ रनमा अलआउट भएको छ ।

अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिनमै १ सय १२ रन जोड्दा अलआउट भएको हो ।

इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

पहिलो दिनमै जवाफी ब्याटिङ थालेको भारतले २८.५ ओभर खेल्दै २ विकेटको क्षतिमा ९० रन बनाएको छ । भारत पहिलो इनिङमा अब २२ रनले मात्रै पछि छ ।

दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ६ : ३० बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ