म्याद नाघेको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना | Khabarhub Khabarhub

म्याद नाघेको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उपभोग्य मिति पाँच वर्षअगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ ।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७००  बोरा बरामद भएको छ ।

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै २०१५ मा म्याद सकिएको दाल सन् २०२२ राखेर बजारमा बिक्री वितरण गरेको कारबाही गरिएको कार्यालयका  निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ ।

उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् ।

बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ ।

व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर दाल बजार पठाउँदै आएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : ५० बजे

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुने

कर्णाली सरकारले प्रवासी युवालाई स्वदेशमै राख्न ‘रिटर्नी रिटेन’ कार्यक्रम ल्याउने

सुर्खेत – कर्णाली प्रदेश सरकारले रोजगारी र अध्ययन क्रममा विदेसिएका

टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले टेलिकम कम्पनीहरूबाट अर्बौं थप दस्तुर उठाउन सरकारलाई

सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित

एजेनसी – अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम

काठमाडौं – प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश रहेको छ