अस्ट्रेलियामा समाचार सामग्री प्रयोग गरेबापत फेसबुक र गुगलले शुल्क तिर्नु पर्ने कानुन पारित « Khabarhub

अस्ट्रेलियामा समाचार सामग्री प्रयोग गरेबापत फेसबुक र गुगलले शुल्क तिर्नु पर्ने कानुन पारित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार आफ्नो प्लेटफर्ममा प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने विश्वमै पहिलो कानुन पारित गरेको छ।

यो संसारकै पहिलो कानुन भएको बताइएको छ । अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए ।

गएको साता फेसबुकले यो कानुन प्रति असन्तुष्टि जनाउँदै अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि अहिले खुला गरिएको छ।

वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ । त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूमा पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीबार संशोधनसहित पारित गरेको हो । सिनेटले भने यो कानुन पारित गरिसकेको थियो।

फेसबुकले समाचार सामग्रीका लागि १ अर्ब डलर खर्च गर्ने

यसैबीच, फेसबुकले आगामी तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने भएको छ।

फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ । फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन बनाएको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि यस्तो निर्णय गरेको हो।

फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  २ : ५२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले