अस्ट्रेलियामा समाचार सामग्री प्रयोग गरेबापत फेसबुक र गुगलले शुल्क तिर्नु पर्ने कानुन पारित « Khabarhub

अस्ट्रेलियामा समाचार सामग्री प्रयोग गरेबापत फेसबुक र गुगलले शुल्क तिर्नु पर्ने कानुन पारित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार आफ्नो प्लेटफर्ममा प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने विश्वमै पहिलो कानुन पारित गरेको छ।

यो संसारकै पहिलो कानुन भएको बताइएको छ । अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए ।

गएको साता फेसबुकले यो कानुन प्रति असन्तुष्टि जनाउँदै अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि अहिले खुला गरिएको छ।

वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ । त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूमा पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीबार संशोधनसहित पारित गरेको हो । सिनेटले भने यो कानुन पारित गरिसकेको थियो।

फेसबुकले समाचार सामग्रीका लागि १ अर्ब डलर खर्च गर्ने

यसैबीच, फेसबुकले आगामी तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने भएको छ।

फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ । फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन बनाएको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि यस्तो निर्णय गरेको हो।

फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  २ : ५२ बजे

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा