देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बोलाइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्वपदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन्। अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन।

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  २ : ३८ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद