नेप्सेमा उच्च अंकको गिरावट, बजार पूँजीकरण घट्यो | Khabarhub Khabarhub

नेप्सेमा उच्च अंकको गिरावट, बजार पूँजीकरण घट्यो


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अंकमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो ।

बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो ।

मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो ।

कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर रु २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक रु २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक रु २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स रु १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक रु १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी रु १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स रु १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ८.२२, सिटिजन म्युचुअल फण्ड ३.३३, सानिमा लार्ज क्याप फण्ड २.९०, एभरेष्ट बैंक २.८८, मेरो माइक्रोफाइनान्स १.६०, र ओरियण्टल होटलका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।

यो साता सनराइज फस्ट म्युचुअल फण्ड ६.८४, शिवश्री हाइड्रोपावर ५.५३, आइएमई जनरल इन्स्योरेन्स ५.४५, समृद्धि फाइनान्स ४.७८, माउण्टेन हाइड्रो ४.१८, गुडविल फाइनान्स ४.०४, लिवर्टी इनर्जी ३.९१ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाएका छन् ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ६ : ४४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको