सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्टमा खेल्ने « Khabarhub

सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्टमा खेल्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पिनर सन्दीप लामिछाने अर्को फ्रेन्चाइज क्रिकेट लिगमा आवद्ध भएक छन् । नेपाली युवा स्टार सन्दीपले इङल्यान्डको घरेलु लिग टी- ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।

सन्दीपले वरस्टर सायर र्‍यापिड क्लब बाट टी- ट्वान्टी ब्लास्ट खेल्नेछन् । क्लबको आधिकारिक वेभसाइडमा सन्दीपको अनुबन्धन बारे जानकारी गराइएको छ । २० वर्षिय सन्दीपले यो लिग पहिलो पटक खेल्न लागेका हुन् । क्लबका प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको आगमनले टिममा सन्तुलन कायम हुने प्रतिृकया दिएका छन् ।

उनले सन्दीपलाई रहस्यमय स्पिनरको रुपमा ब्याख्या गरे । सन्दीपसँगको सम्झौताले खुशी भएको क्लबले जनाएको छ । विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलिरहेका सन्दीपका लागि टी- ट्वान्टी ब्लास्ट नयाँ प्रतियोगिता हो ।

उनी इङल्यान्डमानै एक सय वलको प्रतियोगिता द हन्ड्रेडमा पनि अनुबन्ध छन । सन्दीपले इनिडयन प्रिमियर लिग, अस्ट्रेलियन बिग बास, क्यारेपियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग , अफगानिस्तान प्रिमियर लिग बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् । टी- ट्वान्टी ब्लास्ट जुन नौ देखि १८ सेप्टेम्बरसम्म हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : १२ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका