कोरोना महामारीबाट बच्न पूर्व तयारी गर्ने निर्णय « Khabarhub

कोरोना महामारीबाट बच्न पूर्व तयारी गर्ने निर्णय


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ मा पुनः कोरोनाको संक्रमण देखिएकाले सुरक्षा सतर्कता अपनाउन निर्णय गरिएको छ । बिहीबार प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले होली पर्व संयमपूर्वक भीडभाड नगरी आ–आफ्नो घरमै मनाउनका लागि सबै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, सिरहा जिल्लाको मालपोत कार्यालयमा भएको बम विस्फोटको आंकलन गर्दै प्रदेश भरिको कार्यालयहरूमा थप सुरक्षा सावधानी अपनाउने र कोरोनाका महामारी फैलिन नदिन क्वारेन्टाइन तथा आईसोलेसन तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्री यादवले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नेपाल भारत सीमा क्षेत्रमा हुने निकासी पैठारी अनुगमनका लागिसमेत संसदीय उपसमिति गठन गरिएको छ । प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको उनले बताए ।

उपसमितिमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, जगतारण देवी, रमेशकुमार पटेल, रीना यादव र सावित्रीदेवी साह सदस्य छन् । नेपाल–भारत सीमाक्षेत्रमा सरसामान निकासी तथा पैठारीको क्रममा सर्वसाधारण जनता तथा व्यापारीले खेप्नु परेको समस्या बुझेर सामाधानको उपाय निकाल्न समितिले अनुगमन गर्ने छ । चैत १३ गतेदेखि पर्साबाट अनुगमन थाल्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ०२ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले