मुखमा मास्क र गोजीमा स्यानिटाइजर राखेर रोपाइँमा व्यस्त किसान « Khabarhub

मुखमा मास्क र गोजीमा स्यानिटाइजर राखेर रोपाइँमा व्यस्त किसान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा रोपाइँ शुरु भएको छ ।

जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो ।

म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।

निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवा, हलो र गोरुको विकल्पमा ट्र्याक्टरले जोतेर हिल्याइरहेको छ ।

जेठको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए ।

हरेक वर्ष यस क्षेत्रमा सबैभन्दा अगाडि असारे धान रोपाइँ हुने गर्छ । जिल्लाभर यो वर्ष गत वर्षभन्दा अगाडि नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

कोरोनासँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ७ : १० बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र