नेपाल-खनालसहितका नेताहरू नयाँ पार्टी गठनको तयारीमा | Khabarhub Khabarhub

नेपाल-खनालसहितका नेताहरू नयाँ पार्टी गठनको तयारीमा

एमालेबाट निष्कासित भएपछि  कानून व्यवसायीसँग परामर्श


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको साधारणा सदस्यबाट समेत निष्कासित भएका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललागयतका नेताहरू नयाँ पार्टी गठनको गृह कार्यमा लागेका छन् ।

त्यसका लागि आन्तरिक छलफल तीव्र पारेको सो समूहले आफू निकटका कानून व्यवसायीहरूसँग नयाँ पार्टी दर्तालगायतका विषयमा आन्तरिक छलफल शुरू गरेको छ ।

‘राजनीति गर्ने मान्छेले नयाँ प्लेटफर्म खोज्नु कुनै आश्चर्यको विषय हैन, केपी ओली पार्टी त के राष्ट्र नै ध्वस्त पार्न लाग्नु भएको छ, हामी नयाँ पार्टी गठनको गृहकार्यमा लागेका छौँ, नेता युवराज ज्ञवालीले खबरहबसँग भने, ‘कसरी अघि बढ्ने भन्नेमा कानून व्यवसायीसहित आन्तरिक छलफलमा नै छौँ । केही दिनमा नयाँ पार्टी घोषणा हुन सक्छ ।’

उनका अनुसार पार्टीको केन्द्रीय कमिटी गठनको तयारी भएको छ । केन्द्रीय कमिटी गठन र पार्टी दर्ता सकिए लगत्तै नयाँ पार्टी घोषणा हुनेछ ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापनामा हस्ताक्षर गरेका नेपाल-खनालसहितका ११ सांसदलाई  पार्टी गतिविधिविरुद्ध लागेको आरोपमा एमाले स्थायी कमिटी बैठकले सोमबार साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको छ ।

निष्कासित गरिएकाहरूमा नेपाल-खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु छन् ।

देउवाको पक्षमा लागेका अरू १२ सांसदलाई पनि २४ घण्टे प्रष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण मागिएमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दीपक प्रकाश भट्ट, नारायण र विरोध खतिवडा छन् । तर ती नेताहरूले पनि जवाफ नदिने खतिवडाले बताए ।

‘पार्टीकै सदस्य नरहने भएपछि प्रष्टीकरण दिनु के अर्थ छ र म त दिने मुडमा छैन, सम्भवत बाँकी साथीहरूले पनि दिनुहुन्न, तै पनि एक पटक सल्लाह गर्छौँ,’ खतिवडाले भने ।

अर्का नेता मेटमणि चौधरीले पनि प्रष्टीकरण नदिने बताए । ‘पार्टी एक रहने सम्भावना सकिएको छ अब प्रष्टीकरण नै के का लागि, कसका लागि ?,’ चौधरीले प्रश्न गरे ।

निष्कासनपछि के भने नेपाल र खनालले ?

एमालेको साधारण सदस्यसमेत नरहने गरि निष्कासित भएको  सूचना थाहा पाएपछि नेता नेपालले केपी ओली विदेशीको प्रिय बन्न कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न उद्यत भएको टिप्पणी गरेका छन् ।

यसअघि नै नयाँ पार्टी बनाउने उद्घोष गरेका नेता नेपालले ओलीको पछिल्लो कदम ‘केशरजंग रायमाझी’ प्रवित्तिको नयाँ अवतार भएको बताएका छन् ।

पार्टी निर्माणमा कुनै भूमिका नभएकै व्यक्तिले कारबाही गर्‍यो भन्नु आफैँमा ‘हाँस्यास्पद’ रहेको पनि उनले बताएका छन् ।

झलनाथ खनाल,  मुकुन्द न्यौपानेलगायतका संस्थापक नेताहरू एमालेको साधारण सदस्य पनि नरहने अवस्था आउनु भनेको अत्यन्तै भर्त्सनायोग्य कदम भएको उनले टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका पूर्वमहासचिव रायमाझी राजसभा स्थायी समितिका सभापतिसमेत बनेका थिए । रायमाझीले कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाउने प्रयत्न गरेको आरोप लाग्दै आएको छ ।

अर्का वरिष्ठ नेता खनालले ओलीको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन् ।

‘ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण कामबाट कोही पनि डराउन्न, मान्छेका लासहरुमाथि शासन गर्ने अमानवीय व्यक्तिलाई जतिसक्दो शासनसत्ताबाट बिदाइ गर्नु पर्छ,’ खनालले भने ।

यस्तै नेता भीम रावलले पार्टीका संस्थापक नेताहरूमाथि भएको कारबाही हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाएको भन्नु फुटवादको निरन्तरता भएको उल्लेख गरेका छन्‌।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : १० बजे

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले