वैदेशिक व्यापार : साढे १२ खर्बको आयात, १ खर्ब ८ अर्बको निर्यात « Khabarhub

वैदेशिक व्यापार : साढे १२ खर्बको आयात, १ खर्ब ८ अर्बको निर्यात



काठमाडौँ– वैशाख १६ गतेबाट मुलुकमा निषेधाज्ञा कायम छ । यस वर्ष निषेधाज्ञाकै समयमा पनि आयात–निर्यातमा खासै असर परेको छैन ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा आयात १२ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

आयतको यो रकम गत वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशत बढी हो । यही अवधिमा १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिको तुलनामा निर्यातको यो रकबम ३२ दशमलव १९ प्रतिशतले बढी ।

धेरै आयात हुने १० वस्तु

चालु आर्थिक वर्षको १० महिनामा ७० अर्ब ५६ करोडको डिजेल आयात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ७५ अर्ब ७९ करोडको आयात भएको थियो । यस्तै, १० महिनामा एमएस विलेट ५७ अर्ब ५४ करोड, भटमासको कच्चा तेल ३९ अर्ब ४६ करोड, मोबाइल तथा टेलिफोन ३० अर्ब ९ करोड, एलपी ग्यास २९ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै पेट्रोल २६ अर्ब ८८ करोड, तयारी कपडा २६ अर्ब १२ करोड, चामल २३ अर्ब ३९ करोड, कोइला २२ अर्ब ३९ करोड र पालिथिन दाना २१ अर्ब ७६ करोड रुपैयाँको आयात भएको छ ।

आयत दोब्बर

विश्वव्यापी कोरोना माहामारीका समयमा पनि एमएस वालेट, भटमासको कच्चा तेल र मोबाइल फोन सेटको आयात दोब्बरले वृद्धि भएको छ ।

शैक्षिक संस्थाहरूले भर्चुअल कक्षा सञ्चालन गर्न थालेपछि बितेको १० महिनामा मोबाइल फोन सेटको आयात दोब्बरले बढेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा ३२ अर्बको रुपैयाँको मोबाइल फोन आयात भएको छ । गत वर्ष सोही अवधिमा १४ अर्ब ६८ करोड रुपैयाँको मोबाइल फोन आयात भएको थियो ।

गत आर्थिक वर्षको १० महिनामा १४ अर्ब २ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएकोमा चालु आर्थिक वर्षको सोही समयमा ३९ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ ।

एमएस वालेटको आयात गत आर्थिक वर्षको १० महिनामा ३५ अर्ब ४२ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ४८ करोड रुपैयाँको आयात भएको छ ।

भटमासको तेल निर्यात उच्च

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको पहिलो नम्बरमा भटमासको प्रशोधित तेल छ ।

चालु आर्थिकब वषएको १० महिनामा ३५ अर्ब ७५ करोड रुपैयाँको २१ करोड ५१ लाख किलो भटमासको प्रशोधित तेल निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ३६ करोड रुपैयाँको ६ करोड ३४ लाख किलो प्रशोधित तेल निर्यात भएको थियो ।

विश्वबजारमा अलैँचीको माग पनि उच्च देखिन्छ । चालु आर्थिक वर्षको १० महिनमा ५ अर्ब ९९ करोड रुपैयाँको ७५ लाख किलो अलैँची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३४ करोडको ४१ लाख किलो अलैँची निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ३६ करोडको सेन्थेटिक यार्न, ५ अर्ब ५८ करोडको उनी गलैँचा कार्पेट, ४ अर्ब ३९ करोडको तयारी कपडा, ३ अर्ब ५३ करोडको जुटको कपडा, ३ अर्ब ३५ करोडको चिया निर्यात भएको छ ।

त्यसैगरी, ३ अर्ब ३५ करोड रुपैयाँको फलफूलको जुस, ३ अर्ब ३४ करोडको जमोठको कपडा, २ अर्ब ७४ करोडको अन्य कपडा (ऊनी, सुती) निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ५९ बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै