कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णले जुटाए १८ लाख « Khabarhub

कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णले जुटाए १८ लाख


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले त्यहाँ रहेका नेपालीबाट १८ लाख रुपैंयाँ संकलन गरी कोभिड संक्रमित बिरामीको उपचारका लागि नेपाल पठाएका छन् ।

गायक ढकालले फेसबुकमा उक्त रकम नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् ।

‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ’, उनले लेखेका छन् ।

ढकालका अनुसार पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ अमेरिकी डलर अर्थात करिब १८ लाख नेपाली रुपैयाँ आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा वायरमार्फत जम्मा गरिएको छ । गायक ढकाल स्वयंले उक्त अभियानमा ५ सय अमेरिकी डलर जम्मा गरेका छन् ।

गायक ढकालले केही मनकारीले सहयोगको बचन दिएकाले त्यो रकम प्राप्त हुनासाथ नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : २० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए