तस्वीरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ? « Khabarhub

तस्वीरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?



काठमाडौँ– नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन एक बच्चाको अगाडि घुँडा टेकिरहेको तस्वीर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ केही दिनयता व्यापक रुपमा शेयर भएको छ ।

‘अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकी पुलिसबाट मारिएका जर्ज फ्लोयडकी छोरीसँग माफी माग्दै’ भन्ने दाबीका साथ उक्त तस्वीर फेसबुक र ट्वीटरमा धेरैले शेयर गरेका छन् ।

२०७७ साल जेठ १२ गते अमेरिकी प्रहरीको हातबाट मारिएका ४६ वर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटनापछि कोरोना भाइरसको त्रासका बीच अमेरिकाका विभिन्न शहरमा रंगभेद विरोधी जुलुस भएका थियो । उक्त आन्दोलनको समर्थनमा जुलुस बेलायत लगायतका देशमा पनि निस्किएका थिए ।

तिनै फ्लोयडकी छोरीसँग बाइडेनले माफी मागेका भनी सामाजिक सञ्जालमा गरिएको दाबी गलत छ । उक्त तस्वीर जो बाइडेनको आधिकारिक इन्स्टाग्राममा भाद्र ३०, २०७७ मा राखिएको छ, जसमा ती बालिका फ्लोयडको छोरी भएको वा उनले माफि मागेको केही उल्लेख छैन ।

राष्ट्रपतिय चुनाव अभियानका क्रममा खिचिएको उक्त तस्वीर मिसेल ओबामाले पनि कार्तिक १८, २०७७ मा ट्वीटरमा शेयर गरेकी छिन् ।

बाइडेनको इन्स्टाग्राममा राखिएको उक्त तस्वीरको स्क्रिनसट

‘Routines of Nepal Banda’ नामक फेसबुक पेजले शेयर गरेको उक्त तस्वीर र दाबी ५८ पटक शेयर भएको छ भने त्यसमा १३०० भन्दा बढी प्रतिक्रिया छन् । यसैगरी क्रिस्टीना पुरी नामक ट्वीटर ह्यान्डलबाट शेयर गरिएको सोही दाबी १५ पटक रिट्वीट भएको छ भने १७१ पटक प्रतिक्रिया जनाइएको छ ।

उक्त तस्वीर उज्यालो रेडियो नेटवर्कको आधिकारिक फेसबुक पेजले पनि शेयर गरेको छ । उनीहरु जस्तै कैयौं अन्य पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्वीर र दाबी शेयर गरेका छन् ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त तस्वीरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा उक्त तस्वीरको मूल संस्करण अन्तर्राष्ट्रिय फोटो एजेन्सी गेट्टी इमेजजको वेबसाइटमा फेला पारेको छ ।

गेट्टी इमेजजको वेबसाइटमा राखिएको उक्त तस्वीर फोटोग्राफर चिप सोमोदेभिल्लाले अमेरिकी राज्य मिसिगनको डिट्रोइट शहरमा भाद्र २४, २०७७ गते खिचेको उल्लेख गरिएको छ । गेट्टी इमेजजले सि.जे. ब्राउन नाम गरेका बालकसँग कुरा गर्न बाइडेन घुँडा टेकेर बसेको बताएको छ । उक्त तस्वीर सँगै तिनै फोटोग्राफरका अन्य तस्वीरहरु (जस्तै सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउनसँग बाइडेनकोको तस्वीर) पनि गेट्टि इमेजजको वेबसाइटमा छन् ।

गेट्टी इमेजजमा राखिएको समाचार एजेन्सी एएफपीका फोटोग्राफर जिम वाट्सनको तस्वीरमा घुँडा टेकेर बसेका बाइडेन, सि.जे. ब्राउनका साथै बाइडेनका पछाडि उभिएका सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउन पनि रहेका छन् ।

त्यस बेलाको विभिन्न तस्वीरहरु र त्यहाँ उल्लेख गरिएको क्याप्सनको आधारमा हेर्दा बाइडेनले घुँडा टेकेर बोल्दै गरेको बालक जर्ज फ्लोयडकी छोरी नभइ थ्रि थर्टिन स्टोर नामक पसलका साहु क्लिमेन्ट ब्राउनका छोरा सि.जे. ब्राउन रहेको पुष्टि हुन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : ०२ बजे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी– प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्

कञ्चनपुर–  प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा