प्रहरी अधिकृतले नै नातागोतालाई बोलाएपछि प्रहरी कर्मचारीले खोप लगाउन पाएनन् | Khabarhub Khabarhub

प्रहरी अधिकृतले नै नातागोतालाई बोलाएपछि प्रहरी कर्मचारीले खोप लगाउन पाएनन्


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर टेकुमा मंगलवार खोप लगाउने विषयमा विवाद हुँदा लाइनमा बसेका प्रहरीले नै कोरोना विरुद्धको खोप लगाउन पाएनन् ।

चिनियाँ खोप ‘भेरो सेल’ को पहिलो डोज नलगाएका र भारतीय खोप ‘कोभिशिल्ड’ को (केही बाँकी भएको खोप) दोस्रो डोज लगाउन प्रहरी कर्मचारी बिहानैदेखि लाइनमा बसेका थिए । तर प्रहरी अधिकृतहरुले आफ्ना नातागोता, इष्टमित्रलाई खोपका लागि बोलाएपछि खोप नपुग्ने भन्दै विवाद भएको थियो ।

विवादपछि साढे ३ घण्टा बढी लाइनमा बसेका प्रहरी कर्मचारीले खोप नै लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयले खोप नै उपलब्ध नगराएको भनेर सबैलाई फर्काइयो ।

सरकारले खोपका लागि चिकित्सक, सुरक्षा निकायमा काम गर्ने व्यक्ति, पत्रकारलगायत अग्रमोर्चामा खटिएर काम गर्नेलाई खोपको प्राथमिकतामा राखेको छ । तर प्रहरीले भने अझै खोप लाउन पाएका छैनन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : ०४ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ