प्रहरी अधिकृतले नै नातागोतालाई बोलाएपछि प्रहरी कर्मचारीले खोप लगाउन पाएनन् « Khabarhub

प्रहरी अधिकृतले नै नातागोतालाई बोलाएपछि प्रहरी कर्मचारीले खोप लगाउन पाएनन्


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर टेकुमा मंगलवार खोप लगाउने विषयमा विवाद हुँदा लाइनमा बसेका प्रहरीले नै कोरोना विरुद्धको खोप लगाउन पाएनन् ।

चिनियाँ खोप ‘भेरो सेल’ को पहिलो डोज नलगाएका र भारतीय खोप ‘कोभिशिल्ड’ को (केही बाँकी भएको खोप) दोस्रो डोज लगाउन प्रहरी कर्मचारी बिहानैदेखि लाइनमा बसेका थिए । तर प्रहरी अधिकृतहरुले आफ्ना नातागोता, इष्टमित्रलाई खोपका लागि बोलाएपछि खोप नपुग्ने भन्दै विवाद भएको थियो ।

विवादपछि साढे ३ घण्टा बढी लाइनमा बसेका प्रहरी कर्मचारीले खोप नै लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयले खोप नै उपलब्ध नगराएको भनेर सबैलाई फर्काइयो ।

सरकारले खोपका लागि चिकित्सक, सुरक्षा निकायमा काम गर्ने व्यक्ति, पत्रकारलगायत अग्रमोर्चामा खटिएर काम गर्नेलाई खोपको प्राथमिकतामा राखेको छ । तर प्रहरीले भने अझै खोप लाउन पाएका छैनन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : ०४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका