काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञालाई थप कडाइ गरिने « Khabarhub

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञालाई थप कडाइ गरिने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते शुक्रबार बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर प्रजिअ निरौलाले बताए ।

शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अहिले बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ । उनका अनुसार तरकारी पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रजिअ भट्टराईको भनाइ छ । एकसाताको परिस्थिति हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : २८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक