अबदेखि सूचना विभागको प्रेस पास बिना पत्रकारलाई पनि हिँड्डुलमा रोक « Khabarhub

अबदेखि सूचना विभागको प्रेस पास बिना पत्रकारलाई पनि हिँड्डुलमा रोक


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएसँगै पत्रकार तथा सञ्चारकर्मीलाई समेत हिँड्डुलमा कडाइ गरिएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै पत्रकारको हिँड्डुललाई समेत कडाइ गर्ने निर्णय गरेको हो ।

जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागको प्रेस कार्ड बिना हिँड्डुल गर्न नपाइने भएको छ ।

सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पासको आधारमा हिँड्डुल गर्न पाइने छ ।

‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी र कर्मचारीको हकमा आधिकारीक निकायमा दर्ता भएको सम्बन्धित सञ्चार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ३३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक