बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु « Khabarhub

बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा साइकल दुर्घटनामा परेका नेपालीको मृत्यु भएको छ ।

नटिङघम शहरमा साइकल दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षे बद्री गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।

गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेटको दूरी नजिक रोबिनहुड रोड नजिकै गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट लडेका थिए ।

घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारररत उनको उपचारकै क्रममा मृत्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

त्यसपछि साइकल चलाउन छाडेका गौतमले केही दिन अघिमात्र साइकल चलाउन शुरु गरेका थिए । नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउँमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत पुगेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै