भारतीय प्रधानमन्त्री मोदीले भने– जम्मु कश्मिरलाई ‘दिल तथा दिल्लीदेखि’ नै नजिक बनाउछौँ « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले भने– जम्मु कश्मिरलाई ‘दिल तथा दिल्लीदेखि’ नै नजिक बनाउछौँ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई नजिक बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नै नजिक बनाउने बताए । त्यसका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनले बताए ।

प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए।

जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारेका छन्।

झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए ।

भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो ।

प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए।

उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ५९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि