तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू « Khabarhub

तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा शुरू गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो ।

उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी वर्ष मनाउन लाग्दा यो रेल सेवाको उद्घाटन गरिएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले तिब्बत स्वायत्र क्षेत्रमा शुक्रबार पहिलोपटक बिजुलीबाट सञ्चालित बुलेट रेलको शुरुवात भएको जनाएको छ । सिचुआन तिब्बत रेल्वे मातहत सञ्चालित उक्त रेल सेवा तिब्बतमा किंगाची–तिब्बत रेल्लेपछिको दोस्रो रेल सेवा भएको बताइएको छ ।

गत वर्षको नोभेम्बरमा चिनियाँ राष्ट्रपति शि जिनपिंगले तिब्बतमा नयाँ रेल परियोजनाका लागि निर्देशन दिएको थिए । यो नयाँ रेल मार्गले सीमाको सुरक्षा तथा स्थिरतामा ठूलो भूमिका खेल्ने बताइएको छ ।

नयाँ रेल सेवाले ल्हासा र चेंगदुबीचको ४८ घण्टाको यात्रालाई घाटाएर अब १३ घण्टामा झारिदिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : २५ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।