यूएईमा श्रीमती हत्याको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय « Khabarhub

यूएईमा श्रीमती हत्याको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)मा श्रीमती हत्या गरेको आरोपमा एक नेपाली युवालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

दुबई फौजदारी अदालतले श्रीमती हत्याको आरोपमा नेपाली नागरिकलाई २५ वर्ष जेल सजाय सुनाएको खालीज टाइम्सले जनाएको छ ।

ती युवाले श्रीमतीलाई टाउको, छाती, घाँटी र पेटमा गरी ११ पटकसम्म छुरा प्रहार गरी हत्या गरेको पुष्टी भएपछि उनीमाथि आजीवन कारावासको सजाय सुनाएको खालीज टाइम्स पत्रिकाले जनाएको छ ।

सो अवधिको जेल सजाय भुक्तानपछि मात्र उनलाई नेपाल ‘डिपोर्ट’ गरिने दुबई फौजदारी अदालतले जनाएको छ ।

प्रहरी रेकर्ड अनुसार उनले २५ सेप्टेम्बर २०२० मा श्रीमतीको हत्या लगतै उनी शेख जायद रोडमा २१ औं शताब्दी टावर बाहिरबाट पक्राऊ परेका थिए।

उनीहरूको बिहे सन् २०१९ मा भएको थियो। श्रीमतीले परपुरुषसँग अवैध सम्बन्ध राखेको हुँदा हत्या गरेको ती युवाले प्रहरीसमक्ष बयान दिएका छन् ।

घटनाको दिन ती युवाले आफ्नी श्रीमतीलाई फोन गर्दा अपरिचित पुरुषले उठाएर आफूहरूलाई ‘डिस्टर्ब’ नगर्न भनेको समेत समाचारमा जनाइएको छ । उक्त घटनापछि ती युवाहले नजिकैको सुपरमार्केटबाट चक्कु किनेर श्रीमती घर फर्कने बाटो कुरेर बसेको पत्रिकाले लेखेको छ ।

प्रहारीले हत्यामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको छ । भवनका सुरक्षा गार्ड र एक जना ‘डेलिभरी ब्वाई’ को बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले सरकारी वकिलहरुलाई आफूले अपराध स्वीकार गरेको र श्रीमतीको हत्या गरेकोमा दु:खी नभएको बयान दिएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै