व्यवसाय प्रवर्द्धनका लागि ‘योङ बिजनेस एक्जुकेटिभ फोरम’ गठन « Khabarhub

व्यवसाय प्रवर्द्धनका लागि ‘योङ बिजनेस एक्जुकेटिभ फोरम’ गठन


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयात तथा निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ अन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाईबीईएफ ) गठन भएको छ ।

गौरव शारडाको अध्यक्षतामा योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन भएको हो । युवा व्यावसायिक नेतृत्व विकासका लागि फोरमको गठन गरिएको संघले जनाएको छ ।

ज्ञान आदानप्रदान, नवीन विचारको आदन-प्रदान तथा व्यावहारिक सिकाइ र सूचनामार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवर्द्धनमा योगदान पुर्‍याउने छ । यसले गतिशील कर्पोरेट जगतको चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ ।

फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात-निर्यात व्यापार प्रवर्द्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वशंलले व्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : १२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल