पहिरोले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो | Khabarhub Khabarhub

पहिरोले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ ।

गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

“तलाउ भरिएर माथिबाट बग्न थालेको हो”, उनले भने, “थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौँ ।” तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ ।

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । किसानले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ ।

चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ५७ बजे

राजस्व अनुसन्धानसहित तीन निकाय प्रधानमन्त्री कार्यालयबाट अर्थ र गृहमा फिर्ता

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालमा आफूमातहत लगेका

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं– अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री