झापामा निषेधाज्ञा खुकुलो, स्थानीय तहका बेग्लाबेग्लै घोषणा « Khabarhub

झापामा निषेधाज्ञा खुकुलो, स्थानीय तहका बेग्लाबेग्लै घोषणा



झापा– जिल्ला प्रशासनन कार्यालयद्वारा जारी निषेधाज्ञा खुकुलो बनाए सँगै कोरोनाको संक्रमण उच्च बने पछि झापाका स्थानीय तहहरूले पुनः आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन शुरु गरेका छन् ।

पछिल्लो पटक गत असार २२ गतेदेखि लागुहुने गरी झापामा सार्वजनिक यातायातसमेत खुला गरिएको थियो । प्रशासनले आठौँ पटक निषेधाज्ञा थप गर्दै मानिसको आवत जावत भने खुकुलो बनाए पछि बजारमा भिड बढेको हो ।

भिड बढेसँगै संक्रमणदरसमेत उच्च हुन थाले पछि विभिन्न स्थानीय तहले पुनः निषेधाज्ञा लगाउन थालेका हुन् ।

झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा लगाई सकिएको छ । पछिल्लो पटक दमक नगरपालिकाले पनि नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागु गरेको छ ।

नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ बजेदेखि १७ गते मध्यरात १२ बजे सम्म निषेधाज्ञा घोषणा गरिएको हो । सबै उद्योग, व्यापार, कार्यालयसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमणदर पुनः बढ्न थाले पछि एकसाता निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

प्रशासनको निषेधाज्ञा खुकुलो

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञा हटाइ सकेको छैन । तर अधिकांश व्यवस्थाहरू खुकुलो बनाउँदै गएको छ । निषेधाज्ञा जारी रहेपनि बजार, पसल, यातायात खुला गरिएको छ । जसले भिडभाड बढ्न थालेको छ भने संक्रमण पनि फैलिन थालेको छ ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले साउन ७ गते देखि लागु हुने गरी साँझ ७ बजे सम्म अधिकांश बजार पसल खुल्ला गराउने आदेश जारी गरेको छ ।

यस्तै स्वास्थ्यका मापदण्ड पालनासहित सबै प्रकारका सवारी साधनसमेत खुल्ला गरिएको छ । हाल काकडभिट्टा बाहेकका सबै नाकाबाट आउजाउमा रोक लगाइएको छ । काकडभिट्टाबाट पनि विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ भने खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ती मात्र खुला गरिएको छ ।

४२५ को मृत्यु
हालसम्म कोरोना संक्रमणले झापामा ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ती मध्ये २९६ जनाको मृत्यु दोस्रो लहर शुरु भएयता भएको हो ।

१६ हजार ७ सय ३२ जना संक्रमित भई सकेको झापामा १४ हजार ५ सय ८१ जना संक्रमणमुक्त भएका छन् । शनिबार मात्र झापामा ९० जना संक्रमित भएका थिए । जसमध्ये झापाको दमक नगरपालिकामा संक्रमण सबैभन्दा बढि देखिएको छ ।

दमकमा एकै दिनमा २८ महिला र १८ पुरुष गरी ४६ जना संक्रमित भएका छन् । यो अन्य स्थानीय तहहरूको तुलानामा सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : ५३ बजे

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

मलङ्गवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी