टोकियो ओलम्पिक : तेस्रो दिनसम्म ३७ देशलाई पदक « Khabarhub

टोकियो ओलम्पिक : तेस्रो दिनसम्म ३७ देशलाई पदक


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको तेस्रो दिन आइतबारसम्म विभिन्न ३७ देशले पदकमा आफ्नो नाम लेखाएका छन्। आइतबारसम्म २४ स्वर्ण, २४ रजत र ३० कास्य पदकको छिनोफानो भएको छ ।

५ स्वर्ण, एक रजत र ३ कास्य पदक जितेको चीन पदक तालिकाको शीर्ष स्थानमा छ ।

आयोजक जापानले ५ स्वर्ण र एक रजत, अमेरिकाले २ स्वर्ण, २ रजत र ४ कास्य तथा दक्षिण कोरियाले २ स्वर्ण र ३ कास्य पदक जितेका छन् ।

यस्तै रसियाले एक स्वर्णसहित ४ पदक, ईटलीले एक स्वर्णसहित ४ पदक, अष्ट्रेलियाले एक स्वर्णसहित ३ पदक र ट्युनिसियाले एक स्वर्णसहित २ पदक हात पारेका छन् । अष्ट्रिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाईल्याण्डले एकएक वटा स्वर्ण प्राप्त गरेका छन् ।

क्यानाडा, नेदरल्याण्स्, ब्राजिल, फ्रान्स, इण्डोनेसिया, सर्विया, बेल्जियम, बुल्गेरिया, स्पेन, जर्जिया, इण्डिया, रोमानिया र चाईनिज ताईपेईले रजतसहित पदक जितेका छन् ।

जर्मनी, काजकिस्तान, इष्टोनिया, बेलायत, इजरायल, मेक्सिको, मंगोलिया, स्लोभेनिया, स्वीट्जरल्याण्ड र युक्रेनले पनि पदकमा नाम लेखाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : २० बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ