कांग्रेस महाधिवेशको मिति सार्न नहुने पौडेल पक्षका नेतहरुको निष्कर्ष « Khabarhub

कांग्रेस महाधिवेशको मिति सार्न नहुने पौडेल पक्षका नेतहरुको निष्कर्ष


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेका छन् ।

महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको वरिष्ठ नेता पौडेल पक्षका नेताहरुको बैठकले  क्रियाशील सदस्यता छानविनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोरोना महामारीलाई देखाउँदै सो अवधिलाई शुन्य समय मानेर केही समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए ।

उनले स्थगित भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।

कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : ०५ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा