बितेको २४ घण्टामा अमेरिकामा थप १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए « Khabarhub

बितेको २४ घण्टामा अमेरिकामा थप १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घणटाको अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमित मूलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारत छ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : २५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ