कृषि उत्पादनतिर सहकारी « Khabarhub

कृषि उत्पादनतिर सहकारी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ । शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि व्यवसाय थालेको हो । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर कृषि खेती सुरु गरिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतीले जानकारी दिए । रुम्टामा रहेको लक्ष्मीनारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो ।

पहिलो चरणमा आँप, कागती, अङ्गुर, लिचीलगायत गरी ३०० फलफूलका बोट लगाइएको अध्यक्ष मलेपतीले बताए । उनका अनुसार छिट्टै तरकारी खेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि सुरु गर्ने तयारीमा सहकारी छ । फलफूलबाहेक खाली रहेको जग्गामा व्यावसायिक धानबाली पनि लगाइएको सहकारीले जनाएको छ । कृषि व्यवसाय पूर्ण क्षमतामा सञ्चालनमा आउँदा आठदेखि १० व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष मलेपतीको भनाइ छ ।

ऋण, बचतको कारोबार गर्दै आएको सहकारी पहिलोपटक व्यावसायिकरूपमा कृषि उत्पादनमा जोडिएको हो । सहकारीले कृषिमा लगानी गर्न गत आवमा रु ५० लाख बजेट छुट्ट्याएको थियो । सहकारीले २० प्रतिशत पूँजी उत्पादनका क्षेत्रमा लगाउनुपर्ने राज्यको नीति छ । “कृषिको व्यावसायीकरणका साथै रोजगारी सिर्जना सहकारीको मुख्य उद्देश्य हो”, अध्यक्ष मलेपतिले भने, “बृहत् कृषि फार्मका रूपमा विकास गर्ने योजना छ ।”

सहकारीका सचिव युक्तजङ्ग राजभण्डारीले फलफूल खेतीका लागि नगरपालिकाले बिरुवा अनुदानमा दिएको बताए । सहकारीले गत मङ्सिरदेखि जग्गा भाडामा लिएर कृषि सुरु गरेको उनको भनाइ छ । अन्नबाली र तरकारी खेती गरिँदै आएकामा गत महिनादेखि फलफूल खेती थालिएको हो । सदरमुकाम नजिकै सस्तो भाडामा उब्जाउ जमिन पाएपछि सहकारीलाई कृषि खेतीको योजना बनाउन सहज भएको हो ।

त्यहाँको उत्पादन सजिलै बजार ल्याउन सकिन्छ । ऋण, बचतको काम मात्रै नगरी उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्ने प्रावधान भए पनि अधिकांश सहकारी त्यसतर्फ तत्पर छैनन् । केही सहकारीले गरेको लगानी पनि फलदायी हुनसकेको छैन । कृषि र पशुपालनको नाम दिएर सञ्चालित सहकारी पनि ऋण, बचतमा लागेका देखिन्छन् । कतिपय सहकारी भने स्थानीय उत्पादनको बजारीकरणमा लागेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ३३ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी