‘म केही गर्छु’मा एकसय ८ फिल्म छानिए « Khabarhub

‘म केही गर्छु’मा एकसय ८ फिल्म छानिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शीर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एक सय १५ स्क्रिप्ट सहभागी भएको छ । आयोजकले भदौ ५ गते भित्र दिएको समयसीमा भित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको थियो ।

सहभागी स्क्रिप्टमध्ये एक सय ८ स्क्रिप्ट छनोटमा परेका छन् । छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागि एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र फिल्म निर्माणको लागि स्क्रिप्ट पठाउनेका लागि युवा संघ नेपालले फिल्म क्षेत्रका विज्ञहरुलाई सहभागी गराएर फिल्म बनाउने सम्बन्धमा अन्तरक्रिया गराएको हो ।

कार्यक्रममा निर्देशक मीन भाम, छायाकार विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, फिल्मकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए ।

संघका उपाध्यक्ष क्षितिज थेवेले निषेधाज्ञाका कारण घरमै बसिरहेका युवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको बताए ।

छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनलगायतका विषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।

छानिएका तीन फिल्ममध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ