यसरी छाड्न सकिन्छ चुरोटको लत « Khabarhub

यसरी छाड्न सकिन्छ चुरोटको लत


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायलाई थाहा छ, धुम्रपान स्वास्थ्यकालागि हानिकारक छ । तर हानिकारक रहेको थाहा हुँदाहुँदै पनि एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन निकै ग्राहो पर्दछ ।

धुम्रपानले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सरजस्ता रोग लाग्छन् । त्यसैले यसको लत लागेकाहरुले जतिसक्दो चाडो यसलाई छुटाउनु पर्दछ ।

धुमपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा व्यक्ति स्वयम् तयार हुनु पर्दछ । धुमपान त्याग्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मबल जुटाउनु नै हो । यसकालागि मनको अठोट र अडिग निर्णय नै महत्वपुर्ण हुन्छ ।

कसैले धुमपान छोड्यो भने २४ देखि ४८ घन्टाभित्र (२ दिनसम्म) अत्यधिक छटपटी हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् । यो बेला पानी धेरै पिउने बानी विकास गर्नुपर्छ ।

धुम्रपानको तलतल लागे वा छटपटी भए अत्यधिक पानी पिउनु पर्दछ । साथै रस भएको फलफूल खाने बानी विकास गर्नु पर्दछ । ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर चपाइ राखे पनि धुमपानको लत क्रमशः कम हुन्छ ।

धुमपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिकालागि दैनिक बिहान बेलुका प्राणायाम र ध्यान गर्नु उपयुक्त हुन्छ । आफूलाई व्यस्त बनाउनुपर्छ । साथै धुमपान गर्ने व्यक्तिहरूबाट ३ महिनासम्म टाढै रहनुपर्छ ।

यो बेला धुमपानबाट हुने हानि र छाडेपछि प्राप्त हुने फाइदाबारे सामाग्री अध्ययन वा भिडियो हेर्ने गर्नु पर्दछ । धुम्रपान छाड्दा शरीरलाई अत्यधिक लाभ हुन्छ यो कुरामा ढुक्क हुनु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : १५ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण