उमेर नपुग्दै आमा बन्छन् किशोरी « Khabarhub

उमेर नपुग्दै आमा बन्छन् किशोरी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ ।

जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका किशोरकिशोरीले गर्ने गर्दछन् भने करिब ७ प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको एक अध्ययनले देखिएको छ । गतवर्ष जिल्ला अस्पतालमा ३५४ ले प्रसूति सेवा लिए । ती मध्ये २० वर्ष मुनिका ५६ किशोरी रहेका बताइएको छ । तीमध्ये आठको सुत्केरीका क्रममा जटिलता देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो । सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १६७ मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए ।

अनिच्छित गर्भधारण भएकामध्ये केही किशोरीले निजी क्लिनिकमा गएर गर्भपतन गराउने गरेको बताइएको छ । बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । किशोरीमा गर्भपतन गराउने दरसमेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाइ छ ।

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका चौध हजार ८७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए ।

गतवर्ष प्रहरीले मौखिक उजूरीका आधारमा ४३ बालविवाह रोकेको थियो । समुदाय तथा विद्यालयस्तरमा गठन भएका बालक्लबले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजूरी दिने संयन्त्र बनाएका छन् । त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोकेको हो ।

जिल्लामा बालविवाह विरुद्धको मुद्दा भने निकै न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालयले गतवर्ष बालविवाहको एउटा मात्रै मुद्दा परेको जनाएको छ । कन्यादान संस्कृतिले बालविवाहलाई बढवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेलको भनाइ छ । उनले भने, ‘बालविवाहकै कारण जिल्लामा विद्यालय जाने उमेरका १० प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै छन् । ‘

पढ्दापढ्दै विवाह गर्ने विद्यार्थी विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेको पाइएको छ । यसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहोर्‍याउने सङ्ख्यासमेत घट्न सकेको छैन । कक्षा ५ मा छात्राको टिकाउ दर ९७.४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४.९ प्रतिशतमा झरेको देखिन्छ । कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घटिरहेको देखिन्छ ।

मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आर्चायका अनुसार सामाजिक सांस्कृतिक मूल्यमान्यताले बालविवाहलाई बढवा दिइरहेको छ । मौसमी बसाइँसराइ, गोठ बस्ने पराम्परा, मेला जात्राले जिल्लाका बालविवाहलाई प्रश्रय दिइरहेको छ उनको भनाइ छ ।

सजातीय विवाह भएमा परिवारले सहजै स्वीकार्ने र अन्तरजातीय विवाह भए मात्रै प्रहरीमा उजूरी पर्ने गरेको दलित अधिकारकर्मी तथा पत्रकार मानसिंह विकको भनाइ छ । ‘अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने परिवारमा मात्रै यस्तो विवाह बदर गर्न उजूरी पर्ने गर्दछ,’ उनले भने ।

जिल्लामा रोल्पा नगरपालिका र सुनिलस्मृति गाउँपालिकाले मात्रै बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाएर अघि बढेका छन् । ती निकायले पाँच वर्षभित्र आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने गरी योजना बनाए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । बालविवाह विरुद्ध सामान्य सचेतनाका कार्यक्रमबाहेक थप प्रभावकारी कार्यक्रम देखिदैनन् । रासस

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ४० बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका