चीनका लागि नेपाली राजदूत पाण्डेको कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति (भिडियो सहित) « Khabarhub

चीनका लागि नेपाली राजदूत पाण्डेको कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति (भिडियो सहित)


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे राजदूत भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहेका छन् ।

यसअघि भारतीय सञ्चार माध्यमबारे अभिव्यक्ति दिएर कूटनीतिक मर्यादा उल्लंघन गरेका उनले फेरि चिनियाँ रेडियोलाई दिएको अन्तर्वार्तामा नेपालको मान्यताभन्दा बाहिर गएर बोलेका छन् । उनले नेपालको राजदूतभन्दा पनि चिनियाँ प्रवक्ताको जस्तो शैलीमा अन्तर्वार्ता दिएका छन्।

नेपाली भाषामा चिनियाँ रेडियो सीआरआईलाई भिडियो अन्तर्वार्ता दिएका पाण्डे नेपाल मौन रहँदै आएको विषयमा समेत बोलेका छन् ।

उनले हङकङ, मकाउ, ताइवानका विषयमासमेत बोलेका छन् । नेपाल यी विषयमा मौन रहँदै आएको छ । अन्तर्वार्तामा पाण्डेले भनेका छन्, ‘हाम्रो नेपालको आँखाले हेर्दा दुई चारवटा चाइना छैन, चाइना एउटै हो । तिब्बत, हङकङ, मकाउ, ताइवान चीनका अङ्ग हुन् ।’

नेपालले तिब्बतलाई लिएर एक चीन नीतिप्रति आफ्नो मान्यता राख्दै आए पनि अन्य भूभागबारे भने कहिल्यै पनि बोलेको छैन ।

राजदूत पाण्डेले चीनले तिब्बतमा विकासको नमुना देखाएको समेत दाबी गरेका छन् । उनले नेपालले तिब्बतमात्र नभनेर चीनको स्वशासित क्षेत्र भन्ने गरेको समेत बताएका छन् । चीनले तिब्बतमा गरेको विकासको सबैले अनुकरण गर्नुपर्ने उनको भनाइ छ ।

उता विश्व समुदायबाट आलोचना हुँदै आएको विगर मुस्लिमहरुको मानवअधिकारको विषयमासमेत राजदूत पाण्डेले नेपालको मान्यता विपरित अभिव्यक्ति दिएका छन् । चीनले विगर मुसलमानको मानवअधिकार हनन् गरेको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आपत्ति जनाउँदै आए पनि नेपाल यो विषयमा मौन रहँदै आएको छ ।

राजदूत पाण्डेले भने पश्चिमा मुलुक र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विगर मुसलमानबारे प्रकाशित गरेका समाचारको खण्डनसमेत गरेका छन् । उनले आफू चीन आएपछि पाएको सूचना अनुसार उनीहरुको मानवअधिकार हनन् नभएको दाबी गरेका छन् । उनले आफू छिटै विगर मुसलमान रहेको क्षेत्रको भ्रमणमा जान चाहेको समेत बताएका छन् ।

राजदूत पाण्डेको अभिव्यक्ति परराष्ट्र मामिलाका जानकार अरुण सुवेदी कूटनीतिक मर्यादा विपरित भएको बताउँछन् । उनले राजदूतले कूटनीतिक मर्यादा बिर्सन नहुने बताए । उनले भनेका छन्, ‘मैले बुझेको छैन, उहाँले किन चिनियाँ प्रवक्ता जसरी बोल्नु भयो ।’

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : १९ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको