नेप्सेको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा « Khabarhub

नेप्सेको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेन्च (नेप्से)को सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा परेका ढकालले बुधबार सञ्चालकबाट राजीनामा दिएका हुन् ।

ढकाल नेप्सेको सञ्चालक रहेकौ समयमा उनका भाइले सर्वोत्तम सिमेन्टको शेयर किनेको पाइएपछि ढकाल विवादमा तानिएका थिए ।

सर्वोत्तम सिमेन्टको शेयर बुक बिल्डिंग विधिबाट जारी हुनु अगावै शेयर किनबेच भएको थियो । यहीह प्रकरणमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए । यो प्रकरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्म ढुंगाना पनि मुछिएका छन् ।

ढकाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको हैसियतमा नेप्सेको सञ्चालक बनेका थिए । अब महासंघबाट अर्को प्रतिनिधि सञ्चालकमा पठाइने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : २३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार