सचेत गराउने छानबिन समितिको सिफारिसपछि पद छाड्ने अल्मुताइरीको घोषणा « Khabarhub

सचेत गराउने छानबिन समितिको सिफारिसपछि पद छाड्ने अल्मुताइरीको घोषणा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो प्रकरण छानबिनका लागि गठन गरिएको समितिले प्रतिवेदन राखेपलाई बुझाएको छ ।

बुधबारै समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा प्रमुख प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन सिफारिस गरिएको छ । सो प्रतिवेदन सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले पद छाड्ने बताएका हुन् ।

छानबनि समितिले सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको छ । साफ च्याम्पियनसिपको तयारी रहेको नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने अन्तिम तयारी गर्दा प्रशिक्षक अल्मुताइरीले फेरि विवाद सिर्जना गरेका छन् । यसअघि उनले टिम छाड्ने बताएका थिए ।

तर त्यतिबेला उनलाई पद नछाड्न मनाइएको थियो । अब उनले घोषणालाई कार्यान्वयन गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

अल्मुतइरीले नेपाली टिमलाई प्रशिक्षण दिन थालेपछि टिमले नयाँ लय समातेको थियो । नेपालले मैदानमा आक्रामक खेल देखाउन थालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : १५ बजे

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन