प्रदेश १ मा ६११ कोरोना संक्रमित थपिए « Khabarhub

प्रदेश १ मा ६११ कोरोना संक्रमित थपिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा पाँच, उदयपुरमा चार, सङ्खुवासभामा तीन, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

सो अवधिमा प्रदेशमा आजै ५५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : १५ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम