एनआईसीद्वारा बीमासहितको निक्षेप सुविधाअन्तर्गत २० लाख बीमा रकम भुक्तानी « Khabarhub

एनआईसीद्वारा बीमासहितको निक्षेप सुविधाअन्तर्गत २० लाख बीमा रकम भुक्तानी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना खातावालालाई जनही १०-१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’को खाता खोलेका टोखा नगरपालिका-५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

साथै यस बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुरका रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरीएको हो ।

बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।

यस बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जनाभन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

बैंकको मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३५ बजे

जेनजी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’

काठमाडौं– अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई