यसरी बनाउन सकिन्छ हरियो पालुको रोटी « Khabarhub

यसरी बनाउन सकिन्छ हरियो पालुको रोटी


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पालुङ्गो पकाउँदा तुरुन्त पाक्ने, स्वादिलो र पचाउन सजिलो हुन्छ । हरियो पालुङ्गोको रोटी अण्डा नराखी आवश्यक आँटा राखेर पनि बनाउन सकिन्छ । यो अत्यन्त पोसिलो र हल्का हुने भएकोले केटाकेटी, बुढाबुढी र विरामीको लागि पनि ज्यादै स्वस्थकर हुन्छ ।

आवश्यक सामग्री

पालुङ्गो– ६ कल्ली (सफा गरी मसिनो पारेर पिन्नु)

नुन, मरिच– स्वाद अनुसार

मैदा– ६ चम्चा (ठूलो चम्चाको)

भटमासको तेल– ४ चम्चा (ठूलो चम्चाको)

अण्डा– २ वटा (व्रत पूजामा नराख्ने)

बेकिङ्ग– २ चम्चा

बनाउने विधिः

—पालुङ्गो व्वायल गरेर झिक्ने । सेलाएपछि ब्लेण्डरमा पेलेर लेदो बनाउने ।

—काँचो अण्डा, पिठो, नुन, बेकिङ्ग पाउडर, मरिच, पालुङ्गो त्यसैमा फिटेर ठिक्कको लेदो बनाउने ।

—फ्राईप्यानमा तेल दल्ने । फिटेको लेदो डाडुले रोटी राख्ने र पातलो पारी फिजाई दिने ।

—फर्काएपछि रोटी तयार हुन्छ । यसलाई बाक्लो दालमा पनि खान सकिन्छ ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ४० बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज