आज कहाँ-कहाँ कटौती हुँदैछ विद्युत ? सूचीसहित « Khabarhub

आज कहाँ-कहाँ कटौती हुँदैछ विद्युत ? सूचीसहित


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि भन्दै आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रदेश-१, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७:३० देखि साँझ ५ सम्म विद्युत कटौती हुँदैछ ।

काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने भएकाले दक्षिणकाली नगरपालिका ( खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

यस्तै गुल्मी वितरण केन्द्र अन्तर्गत जैसीथोक, इस्मा र वास्तु फिडर अन्तर्गतका क्षेत्रमा बुस कटिङका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म  विद्युत कटौती हुने भएको छ ।

यस्तै निजगढ वितरण केन्द्र, धादिङको आरूघाट वितरण केन्द्र अन्तर्गतको धादिङवेसीदेखि सल्यानटार फिडर तथा इटहरी वितरण केन्द्र अन्तर्गत पकली फिडर क्षेत्रमा पनि मर्मत सम्भार तथा रुखका हाँगा काट्न विद्युत अवरुद्ध हुने प्राधिरणले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : २२ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ