मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उक्त स्थानहरुका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम परिवर्तन भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : २८ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई