मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना | Khabarhub Khabarhub

मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उक्त स्थानहरुका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसम परिवर्तन भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : २८ बजे

उच्चस्तरीय अध्ययन समितिको सुझाव- कर्णाली प्रदेश अस्पताललाई प्राज्ञिक केन्द्र बनाऔँ

सुर्खेत– प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन

विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति

काठमाडौं- काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवम् पूर्वमहान्यायाधिवक्ता

निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार

चारवटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित

ऊर्जामन्त्रीलाई सर्वोच्चको अर्को अंकुश, कुलमानले काटेको बिल हेर्न बनाएको समितिविरुद्ध अन्तरिम आदेश

काठमाडौं- डेडिकेटेड फिडर तथा ट्रंकलानइको नेपाल विद्युत् प्राधिकरणले काटेको बिल